शुक्रबार, बैशाख १४, २०८१

घुस मागेको विषयमा संचारमन्त्रीले मुख खोले, सुर्खेतमा नेकपा शीर्ष नेताको बैठक

काठमाडौं। सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टसँग कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि यसबारे संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुख खोलेका छन् । उनले कञ्चनपुरमा एक कार्यक्रममा बिहीबार बिहान यस विषयमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

हाल कञ्चनपुरमा रहेका उनले बेलडाँडी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा आफू काठमाडौं पुगेपछि यस विषयमा विस्तृतमा बताउने जानकारी दिएका हुन् । बास्कोटाले भने ‘मेरो बारेमा चर्चा चलेको छ, काठमाडौं पुगेपछि यसबारे म आफ्नो विस्तृत कुरा राख्छु ।’

यसैबीच यस विषयमा नेकपाका शीर्ष नेताहरुले छलफल गरिरहेका छन् । सुर्खेतमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, जनार्दन शर्मा लगायतका नेताहरुले छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।