शुक्रबार, बैशाख ०७, २०८१

सञ्चारमन्त्रीको अडियो बाहिरिएसँगै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

समाचार बाहिरिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको आङ्गमा जुम्रा खोज्नुभन्दा पहिले आफ्नो आङ्गमा भैसी हेर्नुपर्ने बताएका छन् ।

मन्त्री बास्कोटाको २ मिनेट ३४ सेकेन्डको अडियोसहितको समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै डा. भट्टराईले भनेका छन्, “अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू ! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको?प्रधानमन्त्री ज्यु, यही हो ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’भनेको ? ।”

उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।