शनिबार, बैशाख ०८, २०८१

संचारमन्त्रीको अडियो प्रकरण : ओली र प्रचण्डबीच ‘गम्भीर’ छलफल

काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। बिहीबार विहान साढे दश बजे बालुवाटार पुगेका प्रचण्ड १२ बजे बाहिरिएका थिए।

प्रधानमन्त्री र प्रचण्डवीच के विषयमा छलफल भयो भन्ने विषयमा दुवै अध्यक्षको सचिवालयले केही पनि जानकारी दिएको छैन। तर स्रोतका अनुसार संचारमन्त्रीको ७० करोड घुस मागेको अडियो सार्वजनिक भइसकेपछि सोही विषयमा दुई अध्यक्षबीच छलफल भएको हो।

‘डेढ घण्टा लामो छलफलमा संचारमन्त्रीको अडियोका विषयमा गम्भीर छलफल भयो,’ स्रोतले भन्यो, ‘संचारमन्त्रीलाई राजीनामा दिन लगाउने वा के गर्ने भन्ने विषयमा गम्भीर छलफल भयो।’ मन्त्री बाँस्कोटा कंचनपुरबाट आजै काठमाडौं फर्किने र उनी फर्किएपछि यो विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्ने बताइएको छ।