बिहिबार, बैशाख १३, २०८१

आयल निगमद्धारा फेरी डिजेल र पेट्रोलको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए । नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो