बुधबार, बैशाख १२, २०८१

घरेलु मैदानमा बर्नलीसँग साउथह्याम्पटन पराजित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले साउथह्याम्टनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा बर्नलीले घरेलु टोली साउथह्याम्टनलाई २–१ ले हराएको हो ।

बर्नलीले एस्ले वेस्टउडको गोलबाट खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो । साउथह्याम्टनका ड्यानी ईङ्सले १८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६० औ मिनेटमा माटेज भ्याड्राले गोल गर्दै बर्नलीलाई जित दिलाए ।

जितसंगै बर्नली ३४ अंक सहित तालिकाको दसौं स्थानमा उक्लिएको छ । साउथह्याम्टन ३१ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।