बिहिबार, बैशाख ०६, २०८१

अपराधी समात्ने आधार सीसी क्यामेरा

आपराधिक क्रियाकलपमा संलग्नलाई समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बन्न थालेको छ । प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सीसी क्यामेराकै सहयताले पक्राउ पर्दै आएका छन् ।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन् ।

कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ ।

यसको एउटा ज्वलन्त उदाहरणे हो– २४ माघ शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना । त्यहाँ बा४ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो । तर, प्रहरीले सोही दिन दिउँसोतिर सीसीटिभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो । नागरिक दैनिकमा खबर छ ।