Nepali date


बुधबार, फाल्गुन १४, २०७६

नेपालले अमेरिकालाई ३५ रनले हरायो, करणले लिए चार विकेट, कुशलको विश्व रेकर्ड

काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनले हराएको छ ।

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ न बनाउँदा सबै विकेट गुमायो ।

नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: