बिहिबार, बैशाख १३, २०८१

विजय गच्छदार भन्छन्, ‘९ करोड मैले कहाँबाट ल्याऊँ ?’

पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो ।

बैठकमा उपसभापति विजय गच्छदारले ललितवा निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए ।

‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने रु मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए । ‘यो पार्टीको विषय हो । पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन । ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो ।’