Nepali date


सोमवार, फाल्गुन १२, २०७६

कोरोना भाइरसको संक्रमणको तथ्याङ्क त्यति डरलाग्दो छैन : विशेषज्ञ

एजेन्सी । चीनमा नयाँ कोरोना भाइरस संक्रमणमहामारी पुष्टि भएपछि जनवरी २७२८ र २९ तारिखमा क्रमशः १७७१, १४५९ र १७३७ व्यक्तिमा संक्रमण भएको छ।

चिनियाँ रोग नियन्त्रण केन्द्रको महामारी शाखाका प्रमुख विशेषज्ञ वु चुन यऔले जनवरी ३० तारिख राति बताउनु भए अनुसार उल्लिखित तथ्याङ्कबाट डराउनु नपर्ने र तीन दिनको तथ्याङ्क शुरुवाती चरणमा रहेको बताउनु भएको छ ।  वु चुन यऔका अनुसार चीनको हु पै प्रान्तको उहान र अन्य भागहरूमा प्रारम्भिक चरणमा बिरामीहरूको ठूलो संख्या रहेको र चिकित्सा क्षमता कमजोर रहेका कारण धेरै बिरामीहरूको उपचार हुन नसकेको औँल्याउनुभयो ।

समयमै जानकारी पनि प्राप्त नभएकाले शुरुका दिनमा जम्मा भएका अधिक बिरामीहरूमा संक्रमण भएको पुष्टि पछिल्लो समय मात्र भएको बताउनुभयो। 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: