Nepali date


बुधबार, फाल्गुन १४, २०७६

ए डिभिजन लिग फुटबलः शेर्पा र सरस्वती तथा जावलाखेल र आर्मी भिड्दै

काठमाडौं : काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजेबाट शुरु हुनेछ । जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको सरस्वतीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । शीर्ष डिभिजनमा उक्लिने सम्भावना जिवित राख्न उसलाई आजको खेलमा जित्नैपर्ने दबाब छ । लिगमा अव सरस्वतीले ५ खेल खेल्न बाँकी छ । शेर्पा पनि आजको खेलमा जितको लक्ष्यमा रहनेछ । लिगमा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।
लिगको शीर्ष स्थानमा रहेको अवस्थामा आर्मीले पछिल्लो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । जसका कारण उसले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमाएको थियो
लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडि छ ।

एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ । आर्मीविरुद्ध जित निकाले जावलाखेल भने चौथो स्थानमा उक्लिनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: