शुक्रबार, चैत १६, २०८०

बालबालिकालाई सही र गलत छुवाइको ज्ञान

काठमाडौं । ससाना बालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् ।

अनुसन्धानका विविध निष्कर्षअनुसार बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त नै हुने गरेको पाइन्छ । त्यसैले बालिकालाई बाल्यकालदेखि नै अरूसँगको सम्बन्ध र यौनसम्बन्धी शिक्षाको ज्ञान दिन अति नै आवश्यक ठानिन्छ ।

अभिभावकले नै आफ्ना बालिकालाई यस्ता कुराको शिक्षा दिन आवश्यक रहेको बालमनोविज्ञले बताएका छन् ।

बालमनोविज्ञ गङ्गा पाठकका अनुसार बुबाभन्दा पनि आमाले आफ्ना सन्तानसँग केही समय दिएर यस्ता विषयमा खुलेर कुरा गर्नुपर्छ अनि मात्र बालिकाले सही र गलतका बारेमा बुझ्न सक्छन् ।

‘‘यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरूमा मात्र देख्छौं,’ उनले भनिन्, ‘‘प्रायः घरमा किताबी ज्ञानलाई मात्र बढी महत्व दिने गरिन्छ ।’

बालिकालाई किताबी ज्ञानको आवश्यकतासँगै बाहिरी र व्यावहारिक ज्ञानको पनि आवश्यक हुन्छ भन्दै पाठक भन्छिन्, ‘‘यस्ता ज्ञानले दुर्व्यवहार हुनबाट बच्न र बचाउन सकिन्छ ।’

समयअनुसार बालबालिकालाई हामीले सही र गलत छुवाइ (गुड टच र ब्याड टच) बारे बताउनु आवश्यक हुन्छ ।

उनको विचारमा बच्चालाई सधैँ बच्चाजस्तो भएर सम्झाउनुपर्ने हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।