Nepali date


मङ्लबार, चैत्र २५, २०७६

जापानमा अबिरल घिमिरेले ४६ किक बक्सिङको टाईटल जित्न सफल

जापान । नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरे टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन् ।

जापानको राजधानी टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन् ।

टोक्यामा सम्पन्न खेलमा हिमालयन चितुवाको नामले परिचित घिमिरेले अहिलेसम्मकै ठूलो उपाधि हात पारेका हुन् । जापानको नागोयामा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने गर्दछन् । तर अबिरलको यसपटकको खेल भने नेपालको प्रतिनिधित्वमा मात्र सिमित रहेन ।

पहिलो राउण्डमा जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई पहिलो राउण्डमै सोझो सेटमा मैदान ढालेर नेपाली झण्डा फहराउँदै अबिरलले नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार गरेका छन् ।

यो बर्ष सन् २०२० मा नेपालले नेपाल भ्रमण बर्षको आयोजना गरेको छ । खेलको रिगंबाटै अबिरलले भने तपाईहरु सबैलाई म नेपाल भ्रमणमा आउन निमन्त्रणा गर्दछु । मलाई विश्वास छ तपाईहरुले नेपाल भ्रमण गर्नुहुनेछ । जापान बसाईको चारवर्षे अवधिमै किक बक्सिङको व्यवसायिक खेलमा एकदर्जन खेलमा जीत दर्ता गराएका अबिरलले आफ्नो आजको जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र अर्का जापानी प्रशिक्षकमा समर्पण गर्ने बताउँदा खेल हेर्न उपस्थित दर्शकहरुले भावुक बन्दै तालिबजाएर अबिरलको प्रशंसा गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिंदै अबिरलले जापानवासी नेपालीहरुबाट पाएको साथ र सहयोगबाटै आजको खेल जित्न सकेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए । @जापानसमचार

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: