Nepali date


सोमवार, जेष्ठ १२, २०७७

गायिका आस्था राउतलाई आज झिकाएरै प्रहरीले अनुसन्धान गर्ने

काठमाडौँ । अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी कार्यालयले मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिएको हो।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त दफामा भनिएको छ, कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

गायिका राउतलाई आज (आइतबार) प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गर्ने तयारी गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: