Nepali date


आइतवार, फाल्गुन ११, २०७६

देखिएन कांग्रेसको प्रतिपक्षी भूमिका

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन कार्यतालिका सार्वजनिकसहितका निर्णय लिएपछि विभिन्न पक्षसँगको छलफलमा जुटेको संस्थापन इतरका कांग्रेस नेताले आइतबार राजधानीमा विभिन्न क्षेत्रका व्यीक्तसँगको छलफलमा आन्तरिक विवाद समाधान गरेर लोकतन्त्रको रक्षाका लागि उत्रिन सुझाएका हुन् ।

सरकार संविधान र विगतका स्थापित मान्यताविपरीत प्रस्तुत हुँदासमेत प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसको उपस्थिति शून्य रहेको सुनाउँदै कांग्रेसको भूमिका प्रभावकारी बन्न नसकेको धारणा राखे ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउने गरी सूचना प्रविधि विधेयक संसदमा पुगे पनि त्यसको विरोधमा कांग्रेसको प्रभावकारी भूमिका नदेखिएको तर्क गरिएको छ । नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: