Nepali date


शुक्रबार, चैत्र २१, २०७६

नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो

काठमाडौं । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ ।

दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो ।

यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ ।

विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ । त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ ।

अध्ययनअनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: