बुधबार, बैशाख १२, २०८१

जुवातास खेलिरहेका १३ जना बानेश्वरबाट पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-२१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

बानेश्वरको बासुकी मार्ग डेरा गरी बस्ने पाँचथरका ४८ वर्षीय विजय कुमार अधिकारीको कोठामा जुवातास खेलिरहेको अवस्था झापा विर्तामोड घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय देवी प्रसाद काफ्ले लगायत १३ जनालाई नगद ३ लाख ७५ हजार ४ सय ९० रुपैयाँ र ३ बुक तास सहित शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।