शनिबार, बैशाख ०८, २०८१

सन्दीप जोरामाथि प्रतिबन्ध

इनरुवा। इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा सशस्त्र प्रहरी क्लबका तथा राष्ट्रिय खेलाडी सन्दीप जोराले खेलका क्रममा अम्पायरसँग बिबाद गरेको कारण समस्यामा परेका छन्।

उनले सशस्त्र प्रहरी क्लब नेपाल र मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) इनरुवाबीच भएको खेलको २३ औ ओभरमा सरोज बस्नेतको बलमा एलबीडब्ल्यू आउट हुँदा अम्पाएरको निर्णयप्रति आपत्ति जनाउँदै मैदानमै अम्पायरसँग बिबाद गर्न खोजेका थिए।

सन्दिपलाई आचारसंहिता उल्लंघन गरेको कारण कोड अफ कन्डक्ट (आर्टिकल २.८) अन्र्तगत एमएम कपको आउने एक खेलमा प्रतिबन्ध लगाइएको म्याच रेफ्रि समिर खानले जनाएका छन्।