टोकियो, जापान । किक बक्सिङ खेलका नेपाली खेलाडी मोहन ड्रागनले जापानी बक्सरलाई पराजित गरी बिगव्याङ ३७ को उपाधि जितेका छन् ।
नेपाली झण्डा फहराउदै रिङमा गएका उनले तीन चरणको भिडन्तमा जापानी बक्सरलाई हराउन सफल भएका थिए ।खेल टोकियो डोममा रहेको कुराकोएन हलमा भएको थियो । निर्णायकले प्रदर्शित खेलका आधारमा उनलाई विजयी घोषणा गरेका थिए ।
तीन मिनेटको एकचरण हुने सो खेलको पहिलो र दोस्रो चरणमा उनी जापानी खेलाडीमाथि हाबी देखिए। तेस्रो खेल निकै प्रतिष्पर्धात्मक भएको थियो । दुबै खेलाडीले एक अर्काेलाई ढाल्न नसकेपछि खेलको आधारमा मोहन महर्जन बिजयी बन्न पुगेका थिए।

