शुक्रबार, बैशाख ११, २०८३

२ दिन मौसम सफा रहने, बुधबारबाट हिमपात र पानी पर्ने सम्भावना

काठमाडौँ । केही दिनदेखि तराई क्षेत्रमा लागेको बाक्लो कुहिरो आज सोमबारबाट विस्तारै हट्ने भएको छ ।

मंगलबार बिहानसम्म कुहिरो रहेपनि बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएकाले तराईको मौसम सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज काठमाडौँँसहितका धेरै ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार यस्तै मंगलबार बेलुकीदेखि पश्चिमी वायुको प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आज आइतबार १ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम सोमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।