बिहिबार, बैशाख १०, २०८३

जापानमा नेपाली खेलाडी मोहन ड्रागनलाई बिगव्याङ ३७ को उपाधी

टोकियो । जापानमा रहेका नेपाली किकबक्सिङ खेलाडी मोहन महर्जन ड्रागन जापानको चर्चित प्रतियोगिता बिगव्याङको नयाँ उपाधी जितेका छन् ।

टोकियोमा आइतबार सम्पन्न खेलमा मोहनले आफूभन्दा १२ वर्ष कान्छा जापानी खेलाडीलाई पराजित गरी बिगव्याङको ३७ को उपाधी जितेका हुन् ।

दुई वर्ष अघि टोकियोमा भएको के वान टाइइटलमा सहभागि भएपश्चात रिङमा नउत्रेका मोहनले ६६ किलो तौल समूहमा जापानका चर्चित खेलाडी ३० वर्षीय ज्योजीसंग उपाधिका लागि भिडेका हुन् । टोकियो डोमको कोराकोएन हलमा डिसेम्वर २९ तारिख सम्पन्न जापानकै प्रतिष्ठित प्रतियोगिता भएकाले बिगव्याङको ३७ औं संस्करणमा मुख्य आकर्षणका रूपमा मोहनले सहभागिता जनाएका थिए ।

मोहनले उपाधी जितेपछि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा भिजिट नेपाल २०२० को विश्व संयोजक भवन भट्टले मोहन ड्रागनलाई भिजिट नेपाल २०२० को खेलकुद क्षेत्रको सद्भावना दूत घोषणा गर्दै भिजिट नेपालको लोगो लगाइदिनुभएको थियो ।