शुक्रबार, बैशाख ०७, २०८१

उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ४ घाईते

काठमाडौँ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

उदयपुरको तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको जीप उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा परी मोरङको पथरीका ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ रहेका छन्।

ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा तथा अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन्। उनीहरुको पहिचान भने खुल्न सकेको छैन।