शुक्रबार, बैशाख ०७, २०८१

विद्युतीय रेलको तयारी सुरु

काठमाडौं । कोसीपूर्वका तराईलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु भएको छ ।

झापा, मोरङ र सुनसरीलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु गरिएको हो ।

इनरुवा–काँकड्भिट्टा रेल्वे लाइन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी सुरु गरिएको छ ।

इनरुवा–काँकड्भिट्टाखण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगरखण्ड २० दशमलव १६ किलोमिटर विद्युतीय रेलमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ ।

११ रेल्वे स्टेसन मार्गरेखामा प्रस्तावित छन् । १० स्टेसन मुख्य लाइनमा र एउटा स्टेसन लिंक लाइनमा राखिने प्रस्ताव छ ।

इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा तीन जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् ।

रेल्वेको परामर्शको काम दोहा इन जेभी विथ केआरएनए, सोसुङ एन्ड सिल्ट इन एसोसिएसन विथ ईआरएमसी एन्ड मेटेरियल टेस्ट गौशाला काठमाडौंले गरेको समाचार आजको राजधानी दैनिकमा मोरङबाट सुदीप कोइरालाले लेखेका छन् ।