काठमाडौं– सिन्धुपाल्चोकमा आइतबार बिहान यात्रुबाहाक बस दुर्घटनामा परेको छ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बिहान करिब ८ः१५ बजे दुर्घटनामा परेकाे हाे।
प्रहरीका अनुसार दुर्घटनामा १४ जनाकाे मृत्यु भएकाे छ।
१७ जना घाइते भएका छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। घाइतेको स्थानीय सदावहार अस्पतालमा उपचार भइरहेको छ।
बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

