शुक्रबार, बैशाख ११, २०८३

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले स्थायी कमिटीमा छलफल हुने राजनीति एजेण्डलाई तय गरेको छ। आइतबार विहान बसेको सचिवालय बैठकले स्थायी कमिटीमा छलफल हुने राजनीतिक एजेण्डा तय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली केही समय उपस्थित भएका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएका थिए।

नेकपाको स्थायी कमिटी बैठक आजै पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा विधान संशोधन, केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा विवादसहित पाँच वटा एजेण्डा तय गरेको छ।

नेकपा स्थायी कमिटी बैठक विधान अनुसार प्रत्येक तीन/तीन महिनामा बस्नु पर्ने हुन्छ। तर विभिन्न कारण देखाउँदै बैठक एक वर्षपछि बस्न लागेको हो।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको जनाइएकाे छ।