काठमाडौं । धनुषामा भएको शक्तिशाली विस्फोट ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले जनाएको छ ।
बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको बुझाइ रहेको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले घटनास्थलबाट टाइम बम भएको प्रमाण फेला परेको बताए।
‘विस्फोट भएको वस्तु टाइम बम हो, घटनास्थलबाट त्यसलाई पुष्टि गर्ने चिप्ससहितका सबुत प्रमाण फेला परेका छन्,’ उनलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘कसैले छोएर पड्किएको वा पड्काइएको होइन, राति ११ बजे जडान गरेर १२ बजे पड्किएको देखिन्छ ।’

