शुक्रबार, बैशाख ११, २०८३

नेकपाको स्थायी कमिटी बैठक आज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (आज) बस्दैछ ।

मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले मङ्सिर २७ गतेका लागि बैठक तय गरेको थियो तर तयारी नपुगेको भन्दै सो बैठक शनिबार दिउँसोका लागि सर्यो ।

तर, फेरि तयारी नपुगेको भन्दै त्यो बैठकलाई आइतबार बिहान ९ः०० बजेका लागि सारिएको छ । आज विहान ९ बजे सचिवालय बैठक बस्ने तयारी छ ।

आइतबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको थियो तर एजेन्डा पूर्णता पाउनमा ढिलाइ भएका कारण बैठक पनि सर्दै गएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि अन्य नेतासँग सल्लाह लिँदै स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डाको दस्तावेजीकरण गर्नमा व्यस्त छन् ।

सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।