मङ्गलबार, बैशाख ०४, २०८१

डिस्को जाने ४ जना फुटबल खेलाडीलाई नगदसहित भयो यस्तो कारबाही

माडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर विमल घर्ति मगरसहित चार खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि तत्काल निलम्बनमा परेका विमलसहित ४ खेलाडीलाई एन्फाले थप कारबाही गरेको हो।

एन्फाको अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ। यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको छ ।

एन्फाको अनुशासन समितिले प्रतिबन्धसँगै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत गरेको छ। एन्फाले चारै खेलाडीको प्रतिबन्ध शुक्रबारदेखि लागु हुने जनाएको छ ।

प्रतिबन्धसँगै चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाको प्रतिबन्धसँगै विमल र दिनेशले ुएु डिभिजन लिग गुमाउने छन् । अन्जन र सन्तोषले भने आधा सिजन खेल्न पाउने छन् । ए डिभिजन लिग शनिबार सुरु हुँदैछ ।