शुक्रबार, बैशाख ११, २०८३

सागको फेन्सिङ खेलमा चम्किदै रामेछापकी अनिता

ललितपुर । दक्षिण एशियाली खेलकुद (साग)मा फेन्सिङ खेलबाट दोस्रो भएकी अनिता अधिकारीले सबैलाई धन्याबाद दिएकी छिन ।

नेपालमा सम्पन्न सागमा फेन्सिङ खेलबाट दोस्रो पदक हात पार्नुमा गुरु र टीमको ठुलो सहयोग रहेको भन्दै आभारी व्यक्त गरेकी हुन ।

रामेछापको फुलासी हालको मंथली १३ मा जन्मेकी अधिकारीले सागमा फेन्सिङमा खेल खेलेकी थिईन । एपिएफमा कार्यरत अधिकारीले यस अघि पनी विभिन्न मेडलहरू हात पारेकी छिन । उनी लगाएत नेपाली फेन्सिङ टीम प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक समेत गएको थियो । सागमा यस पटकबाट समावेश गरेको फेन्सिङ खेलमा पदक विजेता भएको नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले बताए ।

दक्षिण एशियाली खेलकुद सागमा फेन्सिङ खेल पहिलो पटक समावेश गरिएको हो । नेपाली खेलकुदमा महंगो खेलका रुपमा रहेको फेन्सिङको बन्द प्रशिक्षणमा प्राय विभागिय खेलाडीको बर्चश्व रहेको छ ।

साग विजेता खेलाडीलाई यस अधि फेन्सिङ संघका अध्यक्ष सुनील श्रेष्ठले पुरस्कारको पनि घोषणा गरेका थिए  । जसमा सागमा स्वर्णपदक ल्याउनेलाई ५० हजार रजत जित्नेलाई २० हजार र काश्य जित्नेलाई १० हजार रुपैयाँ संघले पुरस्कार दिने बताएका थिए ।

रामेछापवाट अनितासहित  सुनापती बेथानस्थित डहुका लक्ष्मण तामाङले कराते खेलमा स्वर्ण पदक,रामेछाप नगरपालिका–२ साँघुटारका दिवस श्रेष्ठले करोत रजत पदक, लिखु तामाकोसी दुरागाउँका भावना सुनुवारले स्क्वास खेलमा कास्य पदक,लिखु तामाकोसीका राजन खडका फेन्सिङमा काश्य पदक हात पारेका थिए ।