शुक्रबार, बैशाख ११, २०८३

महिला हिंसा समाजकै लज्जा : देउवा

काठमाडौं । नेपाली कांङ्ग्रेसका सभापति शेरबहादुर देउवाले महिलाविरुद्धको हिंसाका घटना समाजका लागि लज्जाको विषय भएको बताएका छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले महिला हिंसाको घटनाले व्यापकता पाउनुको दुःखको कुरा रहेको बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजिक कार्यक्रममा सभापति देउवाले भने, ‘समाज अझै महिलामैत्री हुन सकेको छैन । बलात्कार, हत्या, तेजाव आक्रमणजस्ता जघन्य अपराध वास्तवमा समाजका लागि लाजमर्दो कुरा भएको छ ।’

लोकतान्त्रिक समाजमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सबै जागरुक हुनु जरुरी रहेको उनको भनाइ रहेको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।