

सहकारी संघसंस्थाहरूका लागि सहकारी विभागले जारी गरेको सम्पत्ति सुद्धीकरण निवारणसम्बन्धी निर्देशन पालना गर्न सहकारी संघसंस्थाहरूले अटेरी गरेका छन् । निर्देशन जारी गरेको दुई वर्ष पुग्न लागे पनि अधिकांश सहकारीले निर्देशन कार्यान्वयन गरेका छैनन् ।
विभागले २०७४ मै सम्पत्ति सुद्धीकरणसम्बन्धी निर्देशन जारी गरेको थियो । जसअनुसार सहकारी संस्थाले १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा स्रोत खुलासा लिनुपर्ने, कारोबारको सूचना वित्तीय जानकारी इकाइलाई दिनुपर्ने र संस्थाका सदस्य पहिचान फारम भराई अध्यावधिक राख्नुपर्ने र यसको पालनासम्बन्धी प्रतिवेदन विभागमा बुझाउनुपर्ने निर्देशन थियो । तर अधिकांश संस्थाहरूले निर्देशन पालनामा अटेरी गर्दै आएका छन् ।
‘विभागले गरेको अनुगमनमा न्यूनमात्र संस्थाले सम्पत्ति सुद्धीकरणसम्बन्धी निर्देशन पालना गरेको पाएका छौं,’ रजिष्ट्रार डा. टोकराज पाण्डेले भने, ‘अब पनि निर्देशन कार्यान्वयन नगर्ने संस्थाहरूलाई कारबाही अघि बढाउँछौं ।’ विभागले गत बुधबार सूचनामार्फत सबै सहकारी संस्थाहरूले निर्देशन पालना गर्नको लागि ताकेता गरेको छ । कारोबार दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया