शुक्रबार, चैत १६, २०८०

‘एफ एल एफ अवार्ड २०७६’ को नोमिनेसन सम्पन्न

काठमाडौं । लिम्बु भाषा संस्कृति कला साहित्य आदिको विकास एंव बिस्तार गर्ने ध्येयका साथ प्रचार समाग्रीसहति एफ एल एफ अवार्ड २०७६ को मनोनयन (नोमिनेसन) कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा फाल्गुनन्द लिङदेन फिल्म्स प्रालिले आयोजना गरेको कार्यक्रम २ वर्षको अन्तरमा हुँदै आएको र अवार्ड कार्यक्रमको मनोनयन प्रमाणपत्र वितरण गरिएको छ।

अगामी पौष २० गते एफ एल एफ अवार्ड काठमाडौंको सिटि मलमा हुँदैछ । प्रत्येक विधामा ४ जनालाई सम्मान गर्ने गरी हुने अवार्ड कार्यक्रममा भाषा संस्कृति कलासहित्यको जसरी विकास हुन्छ त्यसरी नै सबैको विकास हुने कुरामा जोड दिएको छ।

अदिवासी चलचित्र महासंघका अमृत सुनुवारले आफ्नो गितबाट विविधतामा एकता खोजेको र देशका लागि बुद्ध नेपालमा जन्मेको, यो गोरखलीको देश, यो सगरमाथाको देश भनी बोलिरहेको र बोलिरहने बताए।

त्यसैगरी ‘बुद्ध वाज बर्थ इन नेपाल अभियान’का अभियान्ता तथा गाय धिरज राइले हाम्रो कला संस्कृति र पहिचानलाई जोगाउन यस्ता कार्यक्रमले सघाउ पराउने बताए।

भाषा तथा संस्कृतविद योहृङ लामा (लहोटी) ले नेपाल विविधता भएको देशमा एउटा भाषालाई सम्मान गर्न नसके सबै भाषा लङगाडो हुने भन्दै राष्ट्रिय पहिचानसँगै हाम्रो पहिचान हुने बताए।

कार्यक्रममा फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालि तथा नेपाल चलचित्र युवा मञ्चका अध्यक्ष दिनेश लिङदेल, डा. विजय लिङदेल, लेखक तथा निर्देशक विनोद सेरेन, सुर्य चेम्जुङ , चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, लेखक निर्देशक सन्तलाल घिसिङ, प्रदिप योहृङ्ग, सुनिता भट्टराई, सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो।

त्यस्तै रोजन बान्तवा राई, राज कुमार लिङदेन, एमपी सुब्बा लगायतलाई सम्मान तथा मनोनयन पत्र वितरण गरियो । लिम्बु भाषामा बनेको चलचित्रलाई अवार्ड गर्दै आएको र यो तेस्रो वर्ष हो।

थेत्लङ नामक चलचित्रका निर्देशक किशोर सुब्बा, सक्सक साप्ला म्युजिक भिडियोका निर्देशक लोकेन साँवा, थेत्ल चलचित्रकी नायिका दिब्या लिम्बु, छुइ पकन्दी म्युजिक भिडीयोकी नायिका लक्ष्मि योङ्हाङ लगायत ३९ विदामा उत्कृष्ट भएका ३९ जना सो एफ एल एफ अवार्ड २०७६ को मानोनयनमा परेका छन्।

अजै कार्यक्रममा चलचित्र टिभी पत्रकार उदयराज शर्मा र चलचित्र पत्रकार एम पि सुब्बा सम्मानित भएका छन्।