बिहिबार, बैशाख ०६, २०८१

राष्ट्र बैंकले आज २ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ।

बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।