शुक्रबार, बैशाख ०७, २०८१

श्रम स्वीकृतिका लागि निवेदन धेरै तर अनुमति कम

नेपालका सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ ।

अघिल्लो वर्षको तथ्यांकअनुसार बैंशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष १७८ जना विदेशीले नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

गत वर्षको ६ महिनाको तुलनामा विदेशीले लिने श्रम स्वीकृति नविकरण समेत ८ प्रतिशतले वृद्धि भएर ५९० पुगेको छ । यो संख्या गत वर्ष ५४५ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।