बुधबार, बैशाख १९, २०८१

जलपरी गौरिकाले जितिन तेस्रो स्वर्ण,नेपालको स्वर्ण पुग्यो ४५

 काठमाडौं । जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् ।

१३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेण्डमा पुरा गरिन् ।

आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् । यस्तै ४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

उनले पौडीको पहिलो दिन २०० मिटर फ्री स्टायल र दोस्रो दिन २००ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । १०० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी छिन् । ४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । यससँगै १३औं सागमा उनको पदक तीन स्वर्ण, एक रजत र दुई काश्य भएको छ ।

त्यसपछि ब्राजिलमा भएको समर ओलम्पिक, २०१८ को एसियाली खेलकुदमा भाग लिइन् । रियो ओलम्पिकमा भाग लिँदा उनी मात्र १३ वर्षकी थिइन् । त्यही कारण सबैभन्दा कान्छी खेलाडीका रुपमा उनको विश्वभर चर्चा भयो ।

उनले गत वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी थिइन् ।

गौरिकाको पदकसँगै १३औं सागमा आयोजक नेपालको स्वर्ण ४५ पुगेको छ । आइतबार नेपालका लागि गौरिका र जुडोकी देविका खड्काले स्वर्ण दिलाएकी हुन् ।