शुक्रबार, बैशाख ११, २०८३

राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपालको विजेता

काठमाडौं। सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो संस्करणको विजेता राम लिम्बु बनेका छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा विजेता घोषणा गरियो।

सो रियालिटी शो हिमालयन टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो। राम लिम्बु गुरु प्रमोद खरेलको टिमका सदस्य थिए।

गएको साउन ३१ मा यो शो शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।