शुक्रबार, बैशाख ०७, २०८१

अन्नको गोदाममा भीषण आगलागी, ठूलो संख्यामा मृत्यु, ३५ लाश भेटियो, उद्धार जारी

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीको झाँसी रोडमा रहेको एक अनाज मण्डीमा भीषण आगलागी भएको छ । घटनापछि यस क्षेत्रमा हाहाकार मच्चिएको छ । घटनास्थलमा ठूलो संख्यामा दमकल पुगेका छन् । आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

घटनामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेको संख्या बढ्ने देखिएको छ । कैयौं गम्भीर रुपमा घाइते छन् र यतिबेला उद्धार कार्य जारी रहेको भारतीय मिडिया आज तकले लेखेको छ ।

जानकारीका अनुसार अनाज मण्डीको एक भवनमा आगो लागेको थियो । आगो यति भयानक थियो कि यसलाई नियन्त्रण गर्न ३० भन्दा बढी दमकल परिचालन गरिएको थियो । हेर्दाहेर्दै आगो बढ्दै गएको थियो । घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।

अस्पतालले अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आगोमा परेका ५६ जनालाई उद्धार गरिएको छ । तीमध्ये कैयौं गम्भीर घाइते छन् । जानकारीका अनुसार उद्धार गरिएका कैयौं मानिसहरु ५० प्रतिशत भन्दा धेरै जलिसकेका छन् ।