शुक्रबार, बैशाख ११, २०८३

ग्लोबल आइएमई सबैभन्दा ठूलो वाणिज्य बैंक

स्थापनाको डेढ दशक नपुग्दै मुलकुका पुराना वाणिज्य बैंकहरूलाई पछि पारेर ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ ।

जनता बैंकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि ग्लोबल आइएमई २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो ।

राष्ट्र बैंकले बिग मर्जरको चर्चा अघि बढाउँदा एकमात्र बैंकका रूपमा ग्लोबल आइएमईले जनतासहित कुल १८ बैंक ताथ वित्तीय संस्थालाई एक आपसमा मर्ज गराइसकेको छ ।

दुवै बैंको मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने, कर्जा प्रवाह एक खर्ब रुपैयाँ पुगेको छ । कारोबार दैनिकमा खबर छ।