शुक्रबार, बैशाख १४, २०८१

कास्की-२ : आकाशियो विद्याको मत, झन् पछि परे खेमराज

काठमाडौं। वैकल्पिक शक्ति बन्ने दाबी गर्दै निर्वाचनमा होमिएका रवीन्द्र मिश्र नेतृत्वमा साझा पार्टी र मिलन पाण्डे नेतृत्वको विवेकशील पार्टीको उपनिर्वाचनमा ‘जमानत जफत’ भएको छ।

कास्की–२ मा जारी पछिल्लो मतगणना अनुसार साझा पार्टीका रजनी केसीले ९० मत पाएकी छन् भने विवेकशीलकी जमुना शर्माले १० मत पाएकी छन्।

कास्की–२ को पछिल्लो मतपरिणाम अनुसार नेकपा उम्मेद्वार विद्या भट्टराई कांग्रेस उम्मेद्वार खेमराज पौडेल भन्दा ५ हजार ८ सय ३७ मतले अगाछि छन्। भट्टराईले ११ हजार ७ सय ३० प्राप्त गर्दा पौडेलले ५ हजार ८ सय ९३ मत पाएका छन्।

यसैगरी धरान उप महानगरपालिका मेयर पदका उम्मेद्वार साझा पार्टीका राजनकुमार श्रेष्ठ पाँच मत ल्याएका छन्। पछिल्लो मतपरिणाम अनुसार ९ हजार ८ सय ५१ मत गणना भइसकेको छ।

धरानमा नेकपा र कांग्रेसबीच तीव्र प्रतिश्पर्धा भइरहेको छ। नेकपाका उम्मेद्वार प्रकाश राईले ४ हजार पाँच सय ७४ मतका साथ पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले ४ हजार ५ सय १७ मत ल्याएका छन्। उनीहरुबीच मात्र ५७ मतको अन्तर छ।