शनिबार, बैशाख १२, २०८३

ट्वीटरमा आफ्नै अध्यक्षलाई फलो गर्दैनन् प्रचण्ड, नेपालका कुनै पनि नेतालाई फलो गर्दैनन्

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्वीटरमा आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई फलो गर्दैनन् । यतिमात्र होइन उनले नेपालका कुनै पनि नेतालाई समेत फलो गर्दैनन् । प्रधानमन्त्री कार्यालयदेखि कुनै पनि मन्त्रालयलाई समेत फलो गर्दैनन् । न उनले कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियालाई फलो गर्छन् ।

प्रचण्डले मात्रै ५ वटा ट्वीटर ह्याण्डललाई फलो गर्छन् । यीमध्ये ३ ह्याण्डल नेपालका हुन् । उनले लेखक खगेन्द्र संग्रौलालाई फलो गर्छन् । यसबाहेक नेकपा माओवादी केन्द्रको ट्वीटर ह्याण्डल र आफ्ना छोरा स्वर्गीय प्रकाश दाहालको ट्वीटर ह्याण्डल फलो गछृन् । प्रकाश दाहालको निधन भइसकेकोले उनको ट्वीटर निष्क्रिय छ । माओवादी केन्द्र पहिले प्रचण्ड नेतृत्वकै पार्टी थियो तर अहिले भने त्यो पार्टी गोपाल किराँतीको नेतृत्वमा छ ।

प्रचण्डले यसबाहेक अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाको ट्वीटर ह्इाण्डल फलो गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रचण्डलाई फलो गछृन् तर प्रचण्डले उनलाई फलो ब्याक गरेका छैनन् ।