काठमाडौं । मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाउन नेपाली सेनाले थप विस्फोटक पदार्थ उत्पादन गर्ने भएको छ ।
त्यसका लागि मकवानपुरको सुनाचरीमा नयाँ कारखाना स्थापना गरिने भएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
नयाँ कारखानाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणमा पनि सहयोग गर्ने नेपाली सेनाको विश्वास छ ।
सुनाचरीमा स्थापित सो नयाँ कारखानाको उत्पादन क्षमता प्रतिवर्ष दुई हजार चार सय मेट्रिक टन रहेको सेनाले जनाएको छ । अहिले विस्फोटक पदार्थको वार्षिक माग करिब पाँच हजार मेट्रिक टन रहेको जनाइएको छ ।
