शनिबार, बैशाख ०८, २०८१

राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको छ : अध्यक्ष प्रचण्ड

बाग्लुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताका विषयमा राष्ट्र एकतावद्ध भएको बताएका छन्। बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै उनले कालापानी क्षेत्रलाई भारतले आफ्नाे नक्सामा पारेको कुरा नेपाललाइ मान्य नभएको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको भएकाले सत्तापक्ष, प्रतिपक्ष सहित सम्मपुर्ण राजनीतिक दलहरु सीमा रक्षाका लागि एकतावद्ध भएको बताए । उनले भने “अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पुवाधुरा सम्मको भूभाग भारतमा देखाइएको छ । हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं” ।

नेपालमा वाम गठबन्धनको विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनका साझा उम्मेदवारलाइ जिताउनु समेत अपिल गरेका थिए । उनले भने “राष्ट्रको भौगोलिक अखण्डताको रक्षाको लागि र राष्ट्रको एकताको लागि कम्युनिष्ट पार्टी र त्यसको अध्यक्षको हैसियतले साझा उम्मेद्वारलाई बिजयी गराउन सबैसँग अपील गर्दछु ।”

हालै मात्र पार्टी संचालनको जिम्मा पाएका प्रचण्डले सचिवालयको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको समेत जिकिर गरे । “दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने विषय टुङ्ग्याएका छौ”ं उनले भने “एउटाले सरकार एउटाले सरकार चलाउछौं।” उनले पार्टीभित्र कुनै पनि भ्रम नभएको भन्दै अब बाटो सफा भएको पनि बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि वाम एकता पैदा गरिएको बताएका छन् । उनले भने “यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं । मैले र हाम्रो पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्दछ ।”

पार्टी एउटा निश्चित बिचारबाट चलेको बताउदै प्रचण्डले पार्टीले गरेको निर्णय सम्पूर्ण पार्टी सदस्यहरुले पालना गर्नु पर्ने बताए । उनले भने “यो पार्टी हुनुको यो न्यूनतम सर्त हो । त्यसो नभए पार्टी भन्ने हुँदैन ।”

हालै बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सरकार चलाउन र अध्यक्ष प्रचण्डलाइ पार्टीको कार्यकारी अध्यक्षको जिम्मा दिएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिश्रित नेकपाले बाग्लुङ्गमा जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।