शुक्रबार, बैशाख ०७, २०८१

मुआब्जा निर्धारणको माग गर्दै बुढीगण्डकी पीडितको धर्ना, डा. भट्टराई र पाण्डेको समर्थन

काठमाडौँ । गोरखामा मुआब्जा निर्धारणको माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रका स्थानीय र जनप्रतिनिहिरु धर्नामा बसेका छन् ।

बुढीगण्डकी पीडितसँगै धर्नामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रियसभामा विपक्षी दलका प्रतिनिधि नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे समर्थन जनाउँदै सहभागी भएका छन् ।

गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधिहरुले बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि मंसिर २ गतेसम्मको अल्टिमेटम दिएपनि माग पुरा नभएको भन्दै उनीहरु सोमबारबाट धर्नामा बसेका हुन् ।

व्यापारिक केन्द्रलाई महत्वका साथ सम्बोधन गरी स्थानका आधारमा प्रतिआना ५ देखि २५ लाखसम्म मुआब्जा तोक्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।