मङ्गलबार, असोज २०, २०८३

मन्त्रिपरिषद् बुधवार पुनर्गठन,सार्वजनिक कार्यक्रममा नजान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला । नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।