शुक्रबार, चैत १६, २०८०

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले भने – ‘नेपाल हाम्रो मुटुमा रहन्छ’

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल भएका कारणले पनि नेपाल आफूहरुको मन मुटुमा रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेका थिए । त्यसमा प्रतिक्रिया दिँदै श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले यस्तो बताएका हुन् ।

उनले सार्क देशभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि आफूले प्रयास गर्ने समेत बताएका छन् । महिन्दा राजापाक्षेका भाइ गोटावया राजापाक्ष हालै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।