काठमाडौं । सूर्य कर्पोरेसनले आयोजना गरेको सूर्य अवार्ड कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जापान आउने भनेका सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल जापान नआउने भएका छन् ।
सूर्य कर्पोरेसनले भिसा कन्सल्टेन्सीका नाममा जापानमा अनधिकृत रुपमा मानिस पठाउने गरेको नागरिकखबरले खुलासा पर्दाफास गरेपछि खनाल जापान नआउने भएका हुन् ।
खनालले नेपालमा उपनिर्वाचन लगाएत कारण देखाउँदै जापान जान समय नमिल्न सक्ने कार्यक्रम आयोजकलाई जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।
नेपालमा सूर्य कर्पोरेसनका सञ्चालक शम्भु लामिछानेले जापानमा हुने विभिन्न कार्यक्रमका साथै अन्य समयमा पनि अनधिकृत रुपमा मानिस पठाउने गरेको तथ्य फेला परेको खवर सार्वजनिक संगै चौतर्फी विरोध आएपछि खनाल जापान नआउने स्रोतले बताएको छ ।
काठमाडौंको पुतलीसडकमा रहेको कार्यालयमा मानिस बोलाएर भिजिट,ट्रेनिङ,वोर्किङ भिसा मिलाइदिने भन्दै लामिछानेले लाखौं रुपैयाँ असुल्ने गरेको समचार सार्वजनिक भएको थियो । एक जनाको १२ लाख ५० हजार रकम लिने गरेको स्वयम लामिछानेले स्वीकार गरेका थिए । जापान जान १० देखि १५ लाख लिने गरेको र तिनिहरुलाई शरणार्थी बनाउने विवादित समचार आएपछि अवार्डको सरकारी सपोर्टरहरुलाई समेत माथिल्लो निकायवाट विवादित कार्यक्रममा सहकार्य नगर्न दवाव दिएको छ ।
यसअघि सूर्य कर्पोरेसनले जापान पुगेपछि शरणार्थी भिसा आवेदन गरिदिएको कागज पनि नागरिकखबरले प्राप्त गरि सार्वजनिक गरेको थियो ।दोस्रो सुर्य अवार्डमा यहि हप्ता दर्जनौँ कलकार र अन्य व्यक्तिहरु जापान ल्याउने कर्पोरेसनले तयारी गरेपनि वरिष्ठ कलकारहरु आजसम्म पनि अवार्डमा जाने नजाने अन्यौलमा छन् ।

