काठमाडौं । गोरखाको शहीदलखन गाउँपालिकाले आज मंसिर १ गतेका दिन अर्थात आइतबार स्थानीय विदा दिएको छ।
एक विज्ञप्ती जारी गर्दै प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले जनाएको हो ।
‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार स्थानीय बिदा दिने निर्णय भएको छ,’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

