अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन जनवरी २ मा हुने

टोकियो । अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ ।

यही नोभेम्बर १३ टोकियोमा बसेको कार्यसमितिको नियामित बैठले उक्त निर्णय गरेको हो । बैठकले तेश्रो अधिबेशनको लागी “सम्पूर्ण अर्घाखाँचीबासीको ऐक्यबद्दता ,आपसी सहयोग,मित्रता र सदभाबप्रति हाम्रो प्रतिबद्दता ” भन्ने मुल नारा तय गरेको छ ।

अर्घाखाँची जिल्लाबाट जापानमा आई पेशा ब्यबसाय, अध्ययन अध्यापन सहित विबिध क्षेत्रमा छरिएर रहनु भएकाहरूलाई एउटै संस्थामा समेटेर २०१५ मा स्थापाना भएको समाज जापानबासी अर्घाखाँचेलीहरूको साझा घर बनेको छ । समाजले आफ्नो स्थापनाकाल देखी नै जापान र नेपालका बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ । बिशेष गरी अर्घाखाँची जिल्लामा असाय ,गरीब तथा जटिल स्वास्थ्य समस्या भएका दर्जनौ क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिब बाबुराम पौडेलले जानकारी दिनुभयो । समाजले बिशेष गरी अर्घाखाँचीबाट जापान आएर समस्यामा पर्नुहुने , अकालमा मृत्युबरण गर्नेहरूको निम्ति बिशेष कोषको स्थापाना गरी काम गर्दै आइरहेको छ ।

अधिबेशनलाई भब्य बनाऊदै सबै क्षेत्रमा छरीएर रहेका अर्घाखाँची बासीहरूलाई समेटनको लागी अध्यक्ष नेत्र बिस्टको नेतृत्वमा मुल ब्यबस्थापन समिति सहित विबिध उप समितिहरू निर्माण गरेको छ । अधिबेशन तथा नयाँ बर्ष २०२० को अबसरमा जिल्लाबासीहरू बीच शुभकामना आदान प्रदानको कार्यक्रम एकै दिनमा गर्ने निर्णय गरेको समाजले कार्यक्रम भने २ चरणमा बिभाजन गरीएको छ ।

जनबरी २ तारिख बिहान १० बजे देखी ३ बजे सम्म बन्दसत्र र नेतृत्व चयन गरी ३ बजे देखी घोषणा सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेको समाजका अध्यक्ष नेत्र बिस्टले जानकारी दिनुभयो । अधिबेशनमा समाजका महासचिबको सांगठानीक प्रतिबेधन , कोषाध्यक्षको आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना तय गर्ने छ । अधिनेशनको नयाँ नेतृत्व चयनको लागी समाजका संरक्षक ज्योतिष घर्ती मगरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ ।

बैठकले अधिबेशनमा सम्पूर्ण जापानबासी अर्घाखाँची बासीहरूलाई उपस्थितको लागी आग्रह गरेको महासचिब पौडेलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: