मङ्गलबार, असोज २०, २०८३

९६१ स्थानमा सीमा अतिक्रमण

काठमाडौं : नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ।

सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमाा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ ।

उक्त विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९ र सुनसरीमा ३९ स्थानमा भारतीय अतिक्रमण भएको छ। त्यस्तै सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १५१ स्थानमा सीमा विवाद देखिएको छ।

विवरणअनुसार रौतहटमा ८ स्थान, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ। कैलालीमा २ र कंचनपुरमा २७ स्थानमा विवाद देखिएको सशस्त्रको प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमामा खबर छ ।