काठमाडौं : स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ।
यही क्रममा काठमाडौँको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको छ।
बुधबार चितवनका करिब ३५ एम्बुलेन्स चालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पिन वितरण गरिएको छ। नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए।
चितवनका एसपी दानबहादुर मल्लले समयमा थाहा नपाउदा भेलामा सहभागीलाई पक्राउ गर्न नसकिएको बताएका छन्। उनले दोषीमाथि कारबाही गरिने बताए। नयाँ पत्रिका दैनिकमा खबर छ।

