टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा भारतले जारी गरेको नक्सामा नेपालको सीमा अतिक्रम गरेकोमा निरोध जनाएको छ ।
नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएको क्षेत्र भारतको भूभागमा देखाएको प्रति गैरआवासीय नेपाली संघ जापानको अगुवाईमा टोकियोमा शान्तिपूर्ण विरोध र्यालीको आयोजना गरिने भएको छ ।
एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीका अनुसार जापानमा समग्र नेपाली समुदायको ध्यानाकर्षण भईरहेको सन्दर्भमा जापानस्थित भारतीय दूतावासमा जापानमा रहेका सम्पूर्ण संघ संस्था तथा बुद्दीजिवीहरुको सहकार्यमा शान्तिपूर्ण र्याली सहित ज्ञापन पत्र बुझाउन लागिएको हो ।
आउदो नोभेम्बर १८ तारीख बिहान १० बजे शान्तिपूर्ण विरोध र्यालीको आयोजना गर्दै जापान स्थित भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाईने जनाएको छ । एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारीका अनुसार, सो कार्यक्रमका लागि,यहाँको स्थानीय प्रशासनसंग अनुमति पनि लीइसकीएको छ ।
एनआरएनए जापानद्वारा प्राप्त जानकारी अनुसार विभिन्न संघ संस्थाका पदाधिकारीसंग एक चरणको परामर्श तथा छलफल गरि,जानकारी गराई सकिएको छ ।
यसका साथै, एनआरएनए जापानले, जापानमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा वुद्दीजिवी वर्गहरुमा, सहभागीताको लागि आह्लन पनि गरेको छ ।

